डेढ दशकअघि स्तन क्यान्सरको उपचार गराएकी शोभा बिजुक्छे हाल स्वस्थ व्यक्ति जस्तै सामान्य जीवन बिताउँदैछिन् । पेसाले शिक्षिका उनलाई स्तनमा सानो गाँठो अनुभव भएपछि मुलुकमै शल्यक्रिया, किमोथेरापी लगायतका सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्ण निको भएकी हुन् ।
'क्यान्सर रोग सुन्दै भयानक, मेरो पनि यस्तै अनुभव छ, त्यसताका मेरो जीवनमा भयानक दुर्घटना भएको लाग्यो, सम्हाल्न सकिनँ,' राजधानीमा बयोधा हस्पिटलद्वारा आयोजित स्तन क्यान्सर बिरामीको बृहत् भेलामा बिजुक्छेले भनिन्, 'मैले श्रीमान् (नेपाल मजदुर किसान पार्टीका अध्यक्ष, नारायणमान बिजुक्छे) लाई भने उहाँले मलाई सम्हाल्नुभयो, थाहा पाएको एक सातापछि शल्यक्रिया भयो ।'
शल्यक्रियापछि उनले किमोथेरापीसमेत मुलुकमै गराइन् । 'परिवारको सहयोगले बिरामीलाई बाँच्ने हौसला हुन्छ,' उपचार गर्ने चिकित्सकको हौसलाबाट समेत बिरामीलाई आूट बढ्ने उल्लेख गर्दै बिजुक्छेले भनिन्, 'रोग लागेपछि परिवारको व्यवहारमा परिवर्तन समेत देखिने गरिन्छ, यो राम्रो होइन ।'
रोग पत्ता लाग्नासाथ उपचार सुचारु गरेको उल्लेख गर्दै स्तन क्यान्सरबाट प्रभावित जुनु श्रेष्ठले भनिन्, 'रोग पत्ता लाग्यो भने डराउनु हुन्न, आत्मबललाई दृढ पार्नुपर्छ, शल्यक्रियाद्वारा निको हुन्छ भने किन डराउनु ?' ६ वर्षअघि शल्यक्रिया गराएर हाल पूर्ण निको अनुभव गरिरहेकी श्रेष्ठले आत्मबल र परिवार एवं श्रीमान्ले साथ दिएकाले पूर्ण निको भएको बताइन् ।
'हालका दिनमा क्यान्सर कुनै पनि अवस्थामा साध्य छ,' भारत, मुम्बईस्थित लीलावती अस्पतालका कन्सलटेन्ट मेडिकल अंकोलजिस्ट र इन्डियन सोसाइटी अफ अंकोलजीका संयुक्त सचिव डा. दिनेश पेंढारकरले कान्तिपुरसँग भने, 'यदि तपाईंको स्तनमा कुनै किसिमको गाँठो छ, जुन दुख्दैन र बढिरहेको छ भने चिकित्सककहाँ जानुस् ।' स्तनमा गाँठो आउँदैमा डराउनुपर्ने आवश्यकता नहुने जनाउूदै उनले एक सयमध्ये ९९ गाँठो क्यान्सर नहुने बताए । क्यान्सरमा रोगको अवस्था बिरामीका लागि महत्त्वपूर्ण नहुने जनाउूदै डा. पेंढारकरले भने, 'घरमा बसेर समय खेर फाल्नु हुँदैन, जति छिटो उपचार प्रक्रियासँग जोडिए त्यति राम्रो ।'
स्तन क्यान्सरको उपचार प्रक्रिया पाँच वर्षसम्म चल्छ । स्तनमा गाँठो देखेपछि चिकित्सकहरूले फाइन निडिल एस्पिरेसन साइटोलजी (एफएनएसी) गर्छन् । यसले क्यान्सर भए, नभएको थाहा हुन्छ । यसपछि बायोप्सीको रिपोर्ट हेरिन्छ । बायोप्सीपछि सामान्यतया गाँठो छोटो भए शल्यक्रिया गरिन्छ । डा.पेंढारकरका अनुसार यसपछि किमोथेरापी, विकिरण उपचारसमेत गरिन्छ । बिरामीले औषधि र हार्मोनसम्बन्धी थेरापी पाँच वर्षसम्म गर्नुपर्ने हुन्छ । पाँच वर्षपछि मात्र निको भएको भन्न सकिन्छ ।
स्तन क्यान्सर फर्कने सम्भावनासमेत रहिरहन्छ, तर जति समय बढ्छ त्यति र्फकने सम्भावनामा कमी आउूछ । वरिष्ठ क्यान्सर विशेषज्ञ डा.राजेन्द्रप्रसाद बराल स्तन क्यान्सरको उपचार गराइरहेकालाई नियमित रूपमा चिकित्सकको सम्पर्कमा बस्न सल्लाह दिन्छन् । उनी पुनः रोग र्फकंदासमेत आत्तिनुपर्ने अवस्था नरहेको बताउूछन् । विशेषज्ञहरूले महिलाले प्रत्येक महिना आफैंले आफ्नो स्तनमा गाँठा- गुठी रहे नरहेको ठम्याउनुपर्ने बताउँछन् । शंका लागे तुरुन्त चिकित्सकसँग परीक्षण गराउनुपर्छ भने बर्सेनि एकपटक चिकित्सकसँग स्तनको परीक्षण गराउूदा ढुक्क हुने स्थिति हुन्छ ।